समाचार

कति वटा सिगरेट बराबर हुन्छ एक बोतल रक्सी ?

Jul 06,2019

smoke
test

एजेन्सी । एक शोधमा यो तथ्य आएको छ की एक हप्तामा ७५० मिलिलिटर रक्सी पिउनुले क्यान्सरको खतरा उती नै बढ्छ जति की एक हप्तामा महिलाले १० सिगरेट र पुरुषले ५ सिगरेट पिउनुले बढ्छ ।

ब्रिटेनका शोधकर्ताहरुका अनुसार यो अनुसन्धान कम पिउनेहरुका लागि स्वास्थ सम्बन्धि जागरुक बनाउने एक राम्रो तरीका हो ।

यद्यपि विशेषज्ञले भनेका छन् की अधिकांश रक्सी पिउनेहरुको तुलनामा सिगरेट पिउनु धेरै खतरनाक साबित हुन सक्छ र यसले क्यान्सरको सम्भावना निम्त्याउँछ । यस जोखिमलाई कम गर्ने एक मात्र तरिका भनेको सिगरेटलाई पूर्ण रुपमा छोड्नु हो । शोधमा यो पनि भनिएको छ की जब तपाइको स्वास्थ्य खतरामा हुन्छ पिउनुको कुनै सुरक्षित मात्रा हुँदैन । यसका अनुसार कम पिउनेहरु पनि क्यान्सरको खतराबाट मुक्त भने हुँदैनन् ।

बीएमसी पब्लिक हेल्थको लेखमा शोधकर्ताहरुले भनेका छन् की यदि सिगरेट नपिउने एक हजार पुरुष र एक हजार महिला एक हप्तामा एक बोतल रक्सी पिउँछन भने लगभग १० बढी पुरुष र १४ बढी महिलालाई उनीहरुको जीवनकालमा क्यान्सर हुने सम्भावना अधिक हुने गर्दछ । रक्सी पिउनाले महिलामा स्तन र पुरुषमा पेट र फोक्सोको क्यान्सर बढिमात्रामा हुने गर्छ ।