समाचार

चारमहिने शिशुसहित २५ जनाले जिते कोरोनालाई

Jun 14,2020

चारमहिने शिशुसहित २५ जनाले जिते कोरोनालाई
SMART NEWS NEPAL

मान्म,जेठ ३२ | रासस | कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । 

जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना संक्रमितमध्ये तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताउनुयो ।  

आइसोलेशन कक्षमा उपचाररत रहेका महावैका आठ, शुभकालिका गाउँपालिका १२, खाँडाचक्र नगरपालिकाका दुई तथा तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र  बाजुरा जिल्लाका एकएक जना कोरोनालाई जितेर घर  फर्केको सूचना अधिकारी महतले जानकारी दिनुभयो । जिल्लामा रहेका कोरोना संक्रमितमध्ये अहिले चार जनाको उपचार भइरहेको बताइएको छ ।