विशेष

तौल घटाउन चाहनु हुन्छ त्यसो हो भने बन्दाकोभी खानुहोस्

Mar 19,2020

तौल घटाउन चाहनु हुन्छ त्यसो हो भने बन्दाकोभी खानुहोस्
SMART NEWS NEPAL

काठमाडौं, चैत ६ । मानिसहरू आफ्नो तौल बढाउन विभिन्न उपायको खोजीमा हुन्छन् । धेरैले खाना खान कम गर्छन् त् कोही जिम जान्छन् । कोही बेलुकाको खाना खादैनन् हरेक उपाय अपनाउँदा पनि तौल नघटेपछि उनीहरु निरासा हुने गर्दछ | 

तौल घटाउन हाम्रो भान्सामा हुने बन्दाकोभीले निकै फाइदा पुर्याउने पोषणविद्हरू बताउछन् |  तौल घटाउन बन्दागोभीमा कार्बोहाइड्रेट र फ्याट कम तथा फाइबर बढी हुने भएकाले वजन घटाउन खोज्नेहरूका लागि यो लाभदायक हुन्छ ।

दिमाग तेजिलो बनाउन बन्दागोभीमा भिटामिन–के र एन्थोक्यानिन्सजस्ता तत्व प्रचुर मात्रामा पाइन्छ, जसले दिमागलाई स्वस्थ र तेजिलो बनाउन मद्दत गर्ने पोषणविद्हरूको भनाइ छ ।

शरीरका विकार फाल्न बन्दागोभीमा भिटामिन–सी र सल्फर प्रचुर मात्रामा पाइन्छ, जसले शरीरमा जम्मा भएका विकारलाई शरीरबाट निकास गरिदिन्छ । बाथ रोग, युरिक एसिड र छालासम्बन्धी रोग लाग्ने जोखिमलाई पनि यसले कम गरिदिन्छ ।