विशेष

बाबुरामकाे साथ छाेडेका पूर्वमन्त्री धमलासहित २० जनाकाे नेकपा प्रवेश किन राेकियाे ?

Jul 05,2019

File photo
SMART NEWS NEPAL

काठमाडौं : पूर्वमन्त्री कल्पना धमला डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादवादी पार्टी छाडेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएकी छन्। बिहीबार नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेताहरुलाई पार्टीका प्रवेश गर्ने तयारी थियाे । तर अन्तिम समयमा आएर धमला पार्टी प्रवेश गर्ने कार्यक्रम स्थगित भएको थियो। 

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीको एकता सम्मानजनक नभएको बताउँदै आएकी धमला नेकपा प्रवेश गर्न लागेको पुष्टि प्रधानमन्त्रीको सचिवालयले पनि गरेको छ।  पूर्वमन्त्री धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत केही व्यवसायी र गोरखाका नेता-कार्यकर्तासहित २० जना नेकपामा जाने पक्का भएको स्रोतले जनाएकाे छ। 

धमलालाई यसअघि नै नेकपामा स्वागतको तयारी गरिएको थियो। धुम्बाराहीमा अध्यक्ष दाहाल स्वागतका लागि पुगेका थिए ।  समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डसँगकाे भेटपछि  केही पर धकेिलएकाे छ ।