विशेष

भुलेर पनि यस्ता समस्या भएकाले कागती नखानुहोस्

Mar 18,2020

भुलेर पनि यस्ता समस्या भएकाले कागती नखानुहोस्
SMART NEWS NEPAL

काठमाडौं, चैत ५ | जहाँ पनि सजिलै पाइने चिज हो कागती । कागती हिमाल, पहाडमा सजिलै पाउन सकिन्छ |  स्वादमा अमिलो हुने कागती स्वास्थ्यको लागि निकै फाइदाजनक छ । कागतीमा भिटामिन ‘सी’ पाइने हुनाले यसले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा पुर्याउछ ।  कागतीको प्रयोग डण्डीफोरको दाग, कालो वा सेतो खीलको उपचारका लागी गर्ने गरिन्छ । कागतीका धेरै फाइदा छन् तर कुनै बेला कागतीले शरिरलाई बेफाइदा पनि गर्छ । 

कागती एक अम्लीय तत्व भएकोले यसमा एसिड हुन्छ। कुनै समय कागती विष सरह पनि हुने गर्दछ । हामिले अनुहारको दागधब्बा र डण्डीफोरको उपचारको लागी कागतीको प्रयोग गर्न लागेका छौं भने केहि विचार गर्नुपर्ने हुन्छ । मृगौला तथा पित्तथैलीमा समस्या छ भने पनि कागती सेबन नगर्नुहोस्। 

तपाईको पेटमा गडबडी भएका पनि कागती सेबन नगर्नुहोस् । यदि तपाइको छाला कालो छ भने कागतीबाट डण्डीफोरको उपचार गर्नु राम्रो हुदैन । कागतीमा हुने एसिडले कालो छालालाई झन कालो बनाउने गर्छ । 

यदि पाक्न लागेको डण्डीफोर छ भने पनि कागतीको प्रयोग गर्नुहुदैन । सुक्खा छाला छ भने पनि कागती प्रयोग नगर्नुहोस् । नत्र छाला झन् शुख्खा हुन्छ । छात्ति पोल्ने समस्या छ भने पनि भुलेर पनि कागती नखानुहोस् ।