creatudevelopers
विशेष

मनसुन सक्रिय हुने सम्भावना कम : यस्तो छ आगामी तीन दिनको मौसम

Jul 05,2019

File photo
SMART NEWS NEPAL

काठमाडौं : सामान्य समयभन्दा १० दिन ढिलो गरी सुरु भएको मनसुन अझै सक्रिय हुन सकेको छैन । असार ५ गतेदेखि नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा राम्ररी वर्षा हुन सकेको छैन । 

मध्य असार भइसक्दा समेत वर्षा नहुँदा किसानहरुले धान रोप्न पाएका छैनन् । मनसुन सुरु भएसँगै मौसममा केही फेरबदल भएपनि पर्याप्त मात्रामा वर्षा हुन सकेको छैन । 

सामान्यतया देशभर सामान्य बदलि भई केही भुभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । तर, मनसुन अहिले मकजोर अवस्थामा छ । मनसुन अझै केही दिन सक्रिय हुने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ । 

त्यस्तै देशको पश्चिम भेगकाा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको मौसम

असार २० गते (शुक्रवार)
दिउँसोः देशभर सामान्य बदलि भई केहि भुभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिम भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर सामान्य बदलि भई केहि भुभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २१ गते (शनिवार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदलि भई थोरै भुभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर सामान्य बदलि भई केहि भुभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असार २२ गते (आइतबार)
दिउँसोः देशभर सामान्य बदलि भई पश्चिम तथा मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर सामान्य बदलि भई पश्चिमी भूभागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।