कला/साहित्य

महानायक राजेश हमालको आज जन्मदिन, कति वर्षमा पुगे ?

Jun 09,2020

महानायक राजेश हमालको आज जन्मदिन, कति वर्षमा पुगे ?
SMART NEWS NEPAL

काठमाडौं,जेठ २७ | नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमालको आज जन्मदिन परेको छ । १९६४,९ जुनमा पाल्पाको तानसेनमा जन्मिएका हमाल आज ५६ औं जन्मदिन मनाउदैछन् ।

हालसम्म २ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका हमालका सबै चलचित्र दर्शकले रुचाएका छन् । उनका चलचित्र हामी तीन भाइ, देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद लागायतका चलचित्र धेरै नै हिट भएका थिए ।  उनले चलचित्र 'युगदेखि युगसम्म' बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका थिए । 


उनले सन् १९९४ मा मात्र १६ वटा चलचित्रमा अभिनय गरेका थिए । उनले एउटा पाकिस्तानी चलचित्रमा पनि अभिनय गरेका थिए ।