विशेष

यस्ता संकेत देखिए बुज्नुहोस् धन प्राप्त हुँदैछ

Jul 06,2019

subha
test

ज्योतिष शास्त्रका केही संकेतबारे उल्लेख गरिएको छ । मान्यता छ कि जहिले पनि यस्ता संकेत देखिन्छन्, त्यतिबेला बुज्नु पर्छ कि व्यक्तिलाई धनकी देवी लक्ष्मीको कृपा मिल्नेवाला छ ।

संकेतहरुः

– बिहानै उठेर तपाईको पहिलो नजर दुध या दहीले भरिएको भाँडोमा पर्छ भने सम्झनुहोस् केही शुभ हुनेवाला छ ।

– बिहानै शंख, मन्दिरको घन्टीको आवाज सुनिनु पनि शुभको संकेत हो ।

– यदि कुनै व्यक्तिलाई बिहान उठ्नेवित्तिकै उखुको बोट तथा उखु देखिन्छ भने पनि भविष्यमा धन सम्बन्धी मामलामा सफलता प्राप्त हुने छ ।

– यदि कुनै व्यक्तिलाई सपनामा पटक–पटक पानी, हरियाली, लक्ष्मीको वाहन उल्लू देखिन्छ भने सम्झनुहोस् कि आउने समयमा तपाईको धनसम्बन्धी सबै समस्या हट्ने छ ।

– यदि तपाई कुनै काम विशेषका लागि बाहिर निस्किनुभयो र बाटामा रातो सारीसहित सोह्र श्रृंगारमा कुनै महिला देखिइन् भने यो पनि महालक्ष्मीको कृपाको इसारा हो ।

– नारिवल, शंख, मयूर, हाँस, फूल आदि चीज–वस्तु विहान विहानै देखिन्छन् भने यो पनि शुभ संकेत हो ।

– शास्त्रका अनुसार शुक्रवार महालक्ष्मीको पूजा गर्दा विशेष कृपा प्राप्त हुन्छ । यो दिन यदि कुनै कन्याले तपाईलाई सिक्का दिइन भने पनि यो शुभ संकेत हो ।

– यदि घरबाट निस्कदा बाटोमा गाई देखिन्छ भने पनि यो शुभ संकेत हो । यदि गाई सेतो रंगको छ भने त यो झन धेरै शुभको संकेत हुन्छ ।

– यदि कुनै व्यक्तिलाई सपनामा सेतो तथा सुनजस्तो सर्प देखिन्छ भने पनि यो महालक्ष्मीको कृपा प्राप्त हुने संकेत हो ।

– यदि घरबाट निस्कनेवित्तिकै कुनै सफाईकर्मी ९सरसफाई गर्ने व्यक्ति० देखिए भने पनि यो शुभ संकेत हुन्छ ।