अन्तर्राष्ट्रिय

रुसमा बस दुर्घटना

Jul 15,2019

file photo
SMART NEWS NEPAL

मस्को, ३० असार (रासस-सिन्ह्वा) – रुसको स्वायत्त क्षेत्र बाशकोर्टोस्तानमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । स्थानीय प्रहरीले बसमा ३९ यात्रु सवार रहेका र कम्तीमा १३ जना घाइते भएको जनाएको छ । घाइतेहरुलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको छ ।