विशेष

लामो बिदामा बालबालिकालाई घरमै कसरी हेरविचार गर्ने ? अब आफ्ना छोराछोरीलाई यसो गर्नुहोस् टिप्स सहित

Mar 19,2020

लामो बिदामा बालबालिकालाई घरमै कसरी हेरविचार गर्ने ? अब आफ्ना छोराछोरीलाई यसो गर्नुहोस् टिप्स सहित
SMART NEWS NEPAL

काठमाडौं, चैत ६ | बुधबार देशभरका सबै विद्यालयमा कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएसँगै झण्डै ७० लाख बालबालिका तीन हप्तासम्म घरमै बस्ने भएका छन् । धेरै दिन बालबालिका घरमै बस्ने भएपछि उनीहरुको हेरविचार कसरी गर्ने भनेर धेरै अभिभावकलाई चिन्ता थपिएको छ ।
  
विभिन्न ठाउँमा घुम्न जाने र नयाँ अनुभव बटुल्ने अवसरको रुपमा बिदाको समयलाई सदुपयोग गरिने भए पनि यो वर्ष भने कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण घरमै बस्नुपर्ने भएको छ  । भिडभाड र जमघट हुने ठाउँमा रोगको सङ्क्रमण हुने भएकोले बालबालिकालाई अरु ठाउँमा नलैजान र घरभित्रै राख्न सरकारको आग्रह छ । 

साथै त्रिभुवनलगायतका विश्वविद्यालय,सिटिइभिटीअन्तर्गतका परीक्षाहरूबारे भने बिहीबारमात्र निर्णय हुने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् | चैत मसान्तसम्मका लागि सबै तहका विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन बन्द हुने भए सँगै अब एक महिनाको छुट्टीमा कतिपय अविभावक आफ्ना छोराछोरी अब बिग्रन्छ, नराम्रो कार्यमा संग्लग्न हुन्छ भन्ने डरले चिन्तामा परेका छन् । यदि तपाई पनि यो समस्याबाट चिन्तामा पर्नु भएको छ भने अब आफ्ना छोराछोरीलाई यस्ता काममा सहभागी गराउनुहोस् ताकी उनीहरु आफुले गरेको काम देखि आफैं दङ्ग अनि खुशी हुन् सकुन् | 

१ महिना बिदामा अविभावकले आफ्ना छोराछोरीलाई सिकाउँ सिक्ने कुराहरु यस्ता छन् ;

१) खानेपानी, टेलिफोन, बिजुली, इन्टरनेटको बिल तिर्न सिकाउनुहोस् |

२)आफ्नो कोठा, घर, आँगन आफैं सफा गर्न लगाउनुहोस् |

३) अरुको आदर गर्न सिकाउनुहोस् |

४) आफुले लगाएको लुगा र आफुले प्रयोग गर्ने सामान आफै धुन सिकाउनुहोस् \

५) आफुले लगाउने सर्ट मा लागाउने बटम र पाइन्टमा लगाउने पेटी र खिप लगाउन सिकाउनुहोस् |

६) गमलामा पानी हाल्न सिकाउनुहोस् |

७) युट्युबबाट कसरी पढ्ने र कसरी नयाँ कुराको ज्ञानको आर्जन गर्ने भन्ने कुरा सिकाउनुहोस् |

८) तरकारी बारीमा आफु सँगै लगेर तरकारी लगाउन एवम् टिप्न सिकाउनुहोस् |

९)  इन्टरनेटको माध्यमबाट नयाँ कुरा सिकाउने, उपन्यास, लेख- रचनाहरु पढ्न सिकाउनुहोस् |

१०) लुगामा आरन लगाउन सिकाउनुहोस् |

११) खाना पकाउन सिकाउनुहोस् |

१२) गाउँमा हुनुहुन्छ भने आफू सँगै लगेर आफुलाई खेतबारीमा सघाउन लगाउनुहोस् |