अन्तर्राष्ट्रिय

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २८ हजार नाघ्यो, संक्रमितको संख्या ७७ लाख ३२ हजार भन्दा धेरै

Jun 13,2020

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २८ हजार नाघ्यो, संक्रमितको संख्या ७७ लाख ३२ हजार  भन्दा धेरै
SMART NEWS NEPAL

काठमाडौं,जेठ ३१ | विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । शनिवार बिहानसम्म विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख २८ हजार २ सय ३६ पुगेको छ भने संक्रमितको संख्या ७७ लाख ३२ हजार ४ सय ८५ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ३९ लाख ५६ हजार २ सय ७२ जना उपचारपछि निको भएका छन् । 

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख १६ हजार ८ सय २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २१ लाख १६ हजार ९ सय २२ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ८ लाख ४१ हजार ९ सय ३४ जना निको भइसकेका छन् । 

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४१ हजार ९ सय १ पुगेको छ भने संक्रमितको संख्या ८ लाख २९  हजार ९ सय २ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७ सय १५ पुगेको छ भने संक्रमितको संख्या ५ लाख ११ हजार ४ सय २३ पुगेको छ ।