अन्तर्राष्ट्रिय

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार नाघ्यो, कुन देशमा कति संक्रमित र मृत्यु भए हेर्नुहोस्

Jun 14,2020

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार नाघ्यो, कुन देशमा कति संक्रमित र मृत्यु भए हेर्नुहोस्
SMART NEWS NEPAL

काठमाडौ,जेठ ३२ | विश्वव्यापी माहामारीको  रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार बिहानसम्म विश्वभरमा मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार २ सय ४ पुगेको छ भने संक्रमितको संख्या ७८ लाख ६१ हजार ७५ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ४० लाख ३५ हजार ८ सय ४१ जना उपचारपछि निको भएका छन् । 

त्यस्तै अहिलेसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख १७ हजार ५ सय २७जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २१ लाख ४२ हजार २ सय २४ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ८ लाख ५४ हजार १ सय ६ जना निको भइसकेका छन् । 

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४२ हजार ७ सय ९१ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ५०  हजार ७ सय ९६ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय २९ पुगेको छ भने संक्रमितको संख्या ५ लाख २० हजार १ सय २९ पुगेको छ ।