अर्थ

सुनको भाउ झन्डै ९० हजार नजिक पुग्यो, हेर्नुहोस् आजको बजार भाउ

Jun 15,2020

सुनको भाउ झन्डै ९० हजार नजिक पुग्यो, हेर्नुहोस् आजको बजार भाउ
SMART NEWS NEPAL

काठमाडौं,असार १। साताको दोस्रो दिन सोमबार सुनको भाउ बढेको छ |

आइतबार ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ८९ हजार सात सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार २६५ रुपैयाँ पुगेको छ । 

चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यही ढंगले सुनको मूल्य बढिरहे केही दिनमै तोलाको एक लाख नाघ्ने महासंघले जनाएको छ ।