विशेष

स्यानिटाइजर पाइएन भने फिटकिरी प्रयोग गर्नुहोस्

Mar 22,2020

स्यानिटाइजर पाइएन भने फिटकिरी प्रयोग गर्नुहोस्
SMART NEWS NEPAL

काठमाडौं, चैत ९ । विश्वभर कोरोनाभाइरस (कोभिड १९) महामारीको रुपमा फैलिरहेको छ | नेपालले यसबाट जोगिन विभिन्न निर्णय गर्दै तयारी गरेको  जानकारी दिँदै आएको छ । नियमित बेला बेलामा हात धुने, मास्क लगाउने, स्यानिटाइजरको  प्रयोग गर्न सरकारले आग्रह गरेको छ |

तर, बजारमा मास्क र स्यानिटाइजर अभाव छ । मानिस मास्क र स्यानिटाइजर अभाव भएपछि यसको विकल्प खोजिरहेका छन् । यसैक्रममा स्यानिटाइजरको विकल्पको रुपमा फिटकिरी पनि प्रयोग गर्न सकिन्छ । पानीमा फिटकिरी हालेर हात धुने तथा नुहाएमा शरीमा भएका जिवाणु मर्ने भएको हुँदा कोरोनाभाइरसको संक्रमणबाट जोगिन सकिन्छ । 

साथै मन तातो पानीमा फिटकिरी हालेर कुल्ला गर्दा मुख तथा घाँटीमा भएको अन्य संक्रमणलाई निको पार्नेदेखि कोरोनाबाट पनि बचाउने हुँदा साथमा फिटकिरी बोकेर हिँड्दा फाइदाजनक हुन्छ ।